सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङको नेपाली शिक्षण विभाग अन्तर्गत रहेको अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा मिति २०८० पुस २० गते शुक्रबारका दिन क्याम्पस सभाकक्षमा शिक्षक तथा विद्यार्थीहरू बिच कविता गोष्ठि सम्पन्न भएको छ । उपसमितिका संयोजक दीपक गौतमको सभापतित्वमा भएको उक्त कविता गोष्ठिमा शिक्षक तथा विद्यार्थीहरू गरी जम्मा २७ जनाले कविहरूले कविता रचना
वाचन गरेका छन् । कार्यक्रममा कविता समीक्षक‚ शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन उपसमितका सदस्य शिक्षणसहायक रेखा सुवेदीले गरेकी थिइन् ।
मिति २०८० साल पुस १७ गतेका दिन बिआईसिटिई प्रथम सेमिष्टरमा अध्ययन गर्न आउने नवआगन्तुक विद्यार्थीहरूलाई क्याम्पसको उक्त
विभागले मङ्गलबारका दिन एक समारोह बिच साँस्कृतिक कार्यक्रम सहित खादा र फुलमाला तथा अविर लगाएर स्वागत गरिएको छ । उक्त
कार्यक्रममा आठौँ सेमिष्टर पूरा गरेका विद्यार्थीहरूलाई फूलमाला‚अविर लगाएर र मायको चिनो हस्तान्तरण गरी विदाइ पनि गरिएको छ ।
कार्यक्रमको पहिलो सत्रमा नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमूखीकरण गरिएको थियो । अभिमूखीकरण कार्यक्रममा कोर्सको
प्रकृति‚ आन्तरिक र वाह्य मूल्याङ्कन‚ प्रयोगात्मक र परियोजनात्मक कार्य‚ क्याम्पसले प्रदान गर्ने सेवा सुविधा र विद्यार्थीहरूले पालना गर्नु पर्ने
नियमका विषयमा स्पष्ट पारिएको थियो । दोस्रो सत्रको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी र क्याम्पस प्रमुख
अर्जुनराज अधिकारीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै तह पार
गरेका विद्यार्थीहरूलाई विदाइ गर्नु भएको थियो ।
मिति २०८० साल पुस १६ गते सोमबारका दिन अपरान्हमा क्याम्पसमा विभिन्न चरणमा विद्यार्थीहरू सँग छलफल र अन्तर्क्रिया कार्यक्रम सम्पन्न
गरिएको छ । पहिलो चरणमा बीएस्सी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्तरिक परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट स्थान
हासिल गर्ने तीनजना विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो । दोस्रो चरणमा उक्त तहमा अध्यापनरत शिक्षकहरूको अनुपस्थितिमा र क्याम्पस प्रमुख तथा सहायक क्याम्पस प्रमुखहरूले सो कक्षाको पठनपाठन‚ पुस्तकालय‚ प्रयोगशाला‚ शिक्षक/कर्मचारीका व्यवहार‚ कोर्सको अवस्थाका विषयमा खुलेर छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरी गुनासो सुन्ने र पृष्ठपोषण लिने काम गरियो र तेस्रो चरणमा बिबिए छैटौँ सेमिष्टरमाअध्ययनरत विद्यार्थीहरू बिच छलफल तथा अन्तर्क्रिया कार्यक्रम र गुनासो सुन्ने कार्य गरियो ।
क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा तथा क्याम्पसमा रहेका सबै विद्यार्थीहरूका सङ्घ/सङ्गठनहरूको सहभागितामा
विभिन्न सँस्कृतिक कार्यक्रम सहित क्याम्पस प्राङ्गणमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । स्वतन्त्र विद्यार्थी
युनियनका अध्यक्ष सन्तोष लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रमको समुद्घाटन क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले गर्नु भएको थियो । क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययन‚ अध्यापन‚ अतिरिक्त क्रियाकलाप‚ खोज अनुसन्धान‚ व्यक्तित्व विकास र शैक्षिक नतिजाका क्षेत्रमा क्याम्पसलाई गुणस्तरीय थलो
बनाउने कार्यमा जोड दिनु भएको थियो । उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका सत्तीस कार्की‚ नेविसङ्घका विजय ओझा‚ अनेरास्ववियूका रोहन खत्री र अनेरास्ववियुका योगेश दाहालले विद्यार्थी एकतामा जोड दिँदै नवआगन्तुक विद्यार्थीहरूलाई स्वगत गरेका थिए । स्वागत कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणको कार्यक्रमको सञ्चालन स्ववियु सचिव एलिस ओझाले गरेका थिए भने दोस्रो चरणको साँस्कृतिक कार्यक्रमको सञ्चालन स्ववियु सदस्य मधु घिमिरेले गरेकी थिइन् । दोस्रो चरणमाअतिथिका रुपमा उपस्थित राष्ट्रिय रुपमा ख्यातिप्राप्त हाँस्यव्यङग्यका सम्राट मनोज गजुरेलले राजनीतिक‚ सामाजिक‚ साँस्कृतिक र शैक्षिक क्षेत्रमा देखिएका विकृति तथा विसङ्गति माथि कडा व्यङ्ग्य प्रहार गर्दै जनस्तरबाट सुसञ्चालित यति भव्य रुपमा सञ्चालित सुकुना बहुमुखी क्याम्पसबाट आफू लोभिएको
बताउनु भयो । कार्यक्रममा विद्यार्थी कलाकारहरूले ५ वटा गायन र ३२ वटा नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा शिक्षक‚ कर्मचारी‚ विद्यार्थी‚ विद्यार्थीका सङ्घ सङ्गठनका नेता‚ पूर्वस्ववियुका सभापति एवम् पदाधिकारीहरू‚ पूर्वविद्यार्थीहरू‚अभिभावक र पत्रकारहरूको उपस्थिति रहेको थियो । स्वागत कार्यक्रम विहान ९:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म ८ घण्टा चलेको थियो ।
सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङको अतिरिक्त क्रियाकलाप समितिद्वारा आयोजित मिति २०८० पुस १२ गते विहिबारका दिन क्याम्पस सभाकक्षमा गायन प्रतियोगिता कार्यक्रम आज सम्पन्न भएको छ । उक्त कार्यक्रम क्याम्पसको सभाकक्षमा भएको थियो । कार्यक्रममा विभिन्न कक्षामा अध्ययन गर्ने १८ जना विद्यार्थीहरू सहभागी भएका थिए । अतिरिक्त क्रियाकलाप समितिका संयोजक सहप्राध्यापक विदुर सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतियोगी विद्यार्थीहरूको गायन कलाको मूल्याङ्कन साहित्यकार तथा क्याम्पसका पूर्वशिक्षक उमानाथ भट्टराई र लोकप्रिय सङ्गीत तथा गितकार जे.वि. थुलुङले गरेका थिए । प्रतियोगितामा बिएस्सी दोस्रो वर्षका मोहम्मद रजकले प्रथम स्थान‚ बिबिएस प्रथम वर्षका सविना राईले द्वितीय स्थान‚ बिएड चौथो वर्षका अन्तिम राईले तृतीय स्थान र बिबिएस तेस्रो वर्षकी रमा विश्वकर्माले चौथो/सान्त्वना स्थान हासिल गरेको घोषणा मूल्याङ्कन समितिले गरेको थियो । विजयीहुने गायकहरूलाई क्याम्पस प्रमुख अर्जुनराज अधिकारी‚ सहायक क्याम्पस प्रमुखहरू क्रमशः केशवराज भट्टराई‚ बलराम पोखरेल र गणेशप्रसाद दहालले पुरस्कार वितरण गर्नु भएको थियो ।
क्याम्पसले सामाजिक सम्बन्ध विस्तार र सामाजिक उत्तरदायित्वका लागि श्री देवता आधारभूत विद्यालय सुन्दरहरैँचा २ मोरङमा नर्सरी देखि कक्षा ७ सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । क्याम्पसको आयोजनामा विद्यालयको प्राङ्गणमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री मध्यनारायण चौधरीले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा क्याम्पसको तर्फबाट अध्यक्ष श्री केशव अधिकारी‚ उपाध्यक्ष श्री ललितबहादुर श्रेष्ठ‚ समितका सदस्यहरू क्रमशः श्री सुरेन्द्रबहादुर थापा‚ श्री रामप्रसाद गजुरेल‚ श्री जनार्दन गुरागाईँ‚ सहायक क्याम्पस प्रमुख श्री बलराम पोखरेल‚ शिक्षक श्री रमेश खतिवडा र क्याम्पसका अधिकृत श्री नवराज कोइरालाले सिमान्तिकृत‚ आदिवासी‚ जनजाति ‚ गरिव र पिछडिएका वर्गका १२१ जना छात्रछत्रालाई न्यानो कपडा स्विटर वितरण गर्नु भएको थियो । कार्यक्रममा वडा नं. २ का जनप्रतिनिधिहरू‚ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू‚ शिक्षक अभिभावक सङ्घका अध्यक्ष तथा सदस्यहरू‚ शिक्षक‚ अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचाको आयोजनामा मिति २०८० पुस ०९ गते सोमबारका दिन विहान ७:०० बजे देखि ११:०० बजेसम्म क्याम्पसको सभाकक्षमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको अध्यक्षतामा भएको बृहत् भेलामा क्याम्पसले गुणस्तर सुनिश्चित प्रत्यायान (Quality Assurance and Accreditation – QAA) सम्बन्धी क्याम्पसले हालसम्म गरेका कार्यहरूका विषयमा प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्यहरू‚ लेखा समितिका सदस्यहरू‚ पुनरावेदन समितिका सदस्यहरू‚ सल्लाहकार समितिका सदस्यहरू‚ सञ्चालक समितका पूर्वअध्यक्षहरू‚ पूर्वक्याम्पस प्रमुखहरू‚ पूर्वविद्यार्थी समाजका पदाधिकारी एवम् सदस्यहरू‚ छात्रवृत्ति प्रदान गर्ने सङ्घ संस्थाका प्रतिनिधिहरू‚ अभिभावकका प्रतिनिधिहरू‚ शिक्षक एवम् कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
क्याम्पसको प्राथमिक उपचार एकाइले मिति २०८० साल पुस ०७ गते शनिबारका दिन सामाजिक सम्बन्ध विस्तारका लागि सुन्दरहरैँचा १२ को ससकुम्वासि बस्तिमा “महिनावारी सचेतना आजको आवश्यकता” भन्ने नाराका साथ सचेतना कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममासमुदायमा रहेका छोरी बुहारीहरूलाई क्याम्पसको तर्फबाट सेनिटरी प्याडवितरण गरिएको र ब्लडप्रेसर मापन गरी अभिलेख कायम गरिएको थियो
सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङमा बिएस्सी प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई क्याम्पसको सहयोग र बिएस्सी द्वितीय‚ तृतीय र चौथो वर्षको आयोजनामा विभिन्न साहित्यीक र साँस्कृतिक कार्यक्रम सहित मिति २०८० साल पुस ०८ गते आइतबारका दिन स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । नव आगन्तुत विद्यार्थीहरूलाई
नृत्य‚ गित‚ कविता‚ गजल र नाटक प्रस्तुत गरिएको थियो ।