सुकुना क्याम्पसमा QAA सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचाको आयोजना मिति २०८० साल पुस ५ गतेका दिन विहानी सत्रका कक्षाहरू बीएड‚ बिबिएस‚ बिए र एमबिएसमा अध्ययनरत विद्यार्थीहरूलाई गुणस्तर सुनिश्चितता प्रत्यायान (Quality Assurance Accreditation – QAA) का विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरियो । सोहि दिन दिउँसो दिवासत्रका कक्षाहरू बिएस्सी र बिबिएमा अध्ययनरत विद्यार्थीहरूलाई सोहि विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरियो । कार्यक्रममा क्याम्पसले QAA लिनका कारण‚ महत्त्व‚ यसबाट क्याम्पस‚ समुदाय‚ विद्यार्थी र शिक्षकलाई पुग्ने फाइदा‚ क्याम्पसले हालसम्म गरेका कार्यहरू र उपलब्धिका विषयमा प्रस्तुतीकरण गरिएको थियो भने विद्यार्थीहरूका जिज्ञासाका सम्बन्धमा छलफल समेत गरिएको थियो ।
क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न
आज मिति २०८० साल मङ्सिर २९ गते सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङमा बिबिए कार्यक्रमको अतिरिक्त क्रियाकलाप समितिले सातौँ सेमिष्टरको व्यवस्थापनमा विभिन्न सेमिष्टर र सेक्सन बिचमा अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सञ्चालन विद्यार्थीहरूबाटै भएको थियो । विभिन्न ६ समुहमा सहभागी भएका विद्यार्थीहरू बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोता समापन भएपछि कार्यक्रमा दर्शक राउण्ड र शिक्षक राउण्ड समेत सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा एलिस ओझा, सुलभ कार्की र विनु बरालको समूह प्रथम, विष्णु ढकाल, अमिसा अधिकारी, सुजिना श्रेष्ठ समूह द्वितीय र मञ्जिल खड्का, प्रेङ्गा थापा, रियाज भट्टराई समूह तृतीय भएका थिए । बिबिए कार्यक्रमका डाइरेक्टर शङ्कर देवान‚ सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहाल र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विजयीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा बिबिएका सबै विद्यार्थीहरू र सो कार्यक्रममा अध्यापन गर्नुहुने शिक्षकहरू सहभागी भएका थिए ।
वृत्ति विकास र छात्रवृत्तिका लागि परामर्श तथा पथप्रदर्शन कार्यक्रम सम्पन्न
सुकुना बहुमुखी क्याम्पस र युनाइटेड वर्ल्ड स्कूल (UWS) काठमाडौँको संयुक्त आयोजनामा मिति २०८० साल मङ्सिर २५ र २६ गतेका दिन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न क्षेत्रबाट वृत्ति विकास र छात्रवृत्तिका लागि गर्नु पर्ने काम‚ अपनाउनु पर्ने तरिका‚ स्रोतहरू तथा वृत्ति विकास सुविधा र छात्रवृत्तिका लागि पहुँच विस्तारका विषयमा परामर्श र पथप्रदर्शन कार्यक्रम सम्पन्न गरिएको छ । युनाइटेड वर्ल्ड स्कूल (UWS) ले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न निकाय‚ सङ्घ/संस्थाहरूबाट विद्यार्थीहरूको वृत्ति विकास सुविधा र छात्रवृत्तिका निश्चित रकम‚ खाना‚ आवास‚ शैक्षिक सामग्री‚ स्वस्थ्य विमा जस्ता सुविधा सङ्कलन गरी विद्यार्थीहरूलाई उपलब्ध गराएको विषयमा विषयविज्ञका रुपमा सो संस्थाका छात्रवृत्ति शाखाका प्रमुख श्री विवेकरत्न शाक्यले स्पष्ट पार्दै वृत्ति विकास सुविधा र छात्रवृत्तिको प्राप्तिका लागि परामर्श र पथप्रदर्शन गर्नु भएको थियो । दुई दिनसम्म सञ्चालित सो कार्यक्रममा ३५० भन्दा बढि अध्ययनरत विद्यार्थी सहभागी भएका थिए । यस कार्यक्रमबाट विद्यार्थीहरूले वृत्ति विकास र छात्रवृत्तिका सुविधा प्राप्त गर्न फलदायी हुने अपेक्षा गरिएको छ ।
क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम
सुकुना बहुमुखी क्याम्पसको प्राथमिक उपचार एकाइको आयोजनामा मिति २०८० साल मङ्सिर २७ गतेका दिन क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थी र सो तहमा अध्यापनरत शिक्षकहरूको सहभागीता रहेको थियो । उक्त सचेतना कार्यक्रममा विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरका क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी र बजार व्यवस्थापक श्री ईश्वर गुरुङले स्तन‚ पाठेघर र अण्कोषमा हुने क्यान्सरका लक्षण‚ असर‚ रोकथाम र उपचार विधिका विषयमा सहभागीहरूलाई सचेतना गराएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरू र विज्ञ बिचमा उक्त रोग र उपचारका विषयमा प्रश्नोत्तर समेत भएको थियो । कार्यक्रमको अन्तमा विषयविज्ञ र छात्राहरू बिच छुट्टै छलफल गरिएको थियो । विषयविज्ञको टोली र सहभागी सबैलाई क्याम्पस प्रमुखले धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो ।
एक दिवशीय सचेतनामूलक कार्यक्रम सम्पन्न
क्याम्पसको आयोजनामा HPV Disease (महिलाहरूको पाठ्यघरको मुखमा लाग्ने क्यान्सर रोग) लाग्ने कारण‚ यसका लक्षण र यसबाट बच्ने उपायका विषयमा एक दिवशीय सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । मिति २०८० साल मङ्सिर २६ गते क्याम्पस सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा बि.एस्सि.‚ जनसङ्ख्या र स्वास्थ्य शिक्षा अध्ययनरत विद्यार्थीहरू गरी जम्मा १५० भन्दा बढि विद्यार्थीहरू सहभागी भएका थिए । कार्यक्रममा यस रोगको उपचारका लागि इन्जेक्सन उत्पादनमा कार्यरत संयुक्त राज्य अमेरिकाका युवा वैज्ञानिक डा. विष्णु रायमाझी यस्तो रोग लाग्ने कारण‚ यसका लक्षण‚ विशेषता‚ यसको असर र यस रोगको उपचार पद्दतिका विषयमा स्पष्ट पार्नु भएको छ । कार्यक्रममा सहभागि शिक्षक तथा विद्यार्थीहरूले सहजकर्ता विज्ञलाई क्यान्सर रोग सँग सम्बन्धित विभिन्न प्रश्नहरू सोधेका थिए । सहजकर्ता विज्ञले वैज्ञानिक प्रयोगशालामा आधारित भई ती प्रश्नहरूको उत्तर दिनु भएको थियो ।
पूर्वविद्यार्थी समाज‚ सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङको आयोजनामा मिति २०८० साल मङ्सिर २६ गते मङ्गलबार विहान ७:३० बजे देखि १०:३० बजेसम्म क्याम्पस प्राङ्गणमा “रक्तदान जीवनदान” भन्ने नाराका साथ रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । उक्त रक्तदान कार्यक्रममा जम्मा ६९ पिण्ट रगत सङ्कलन गरिएको छ । पूर्वविद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष‚ उपाध्यक्ष‚ सदस्यहरू‚ क्यापस प्रमुख‚ शिक्षक एवम् कर्मचारीहरू‚ पूर्वविद्यार्थीहरू‚ नागरिक समाजका महानुभावहरू‚ विद्यार्थी सङ्घ/सङ्गठनका नेताहरू‚ स्ववियुका पूर्वपदाधिकारीहरू‚ विभिन्न सङ्घ/संस्थाका प्रमुखहरू‚ जनप्रतिनिधिहरू‚ अभिभावक‚ स्ववियुका वर्तमान पदाधिकारीहरू र अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो । रक्तदाताहरूलाई समाजले तत्काल रक्तदाता प्रमाणपत्र प्रदान गरेको छ । पूर्वविद्यार्थी समाजले सङ्कलित रगतलाई विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडक्रस ब्लड बैङ्कमा सङ्ग्रह गरेको छ ।