क्याम्पसमा जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला सम्पन्न

सुकुना बहुमुखी क्याम्पसले २०८१ भदौ २० गते शनिबारका दिन क्याम्पस सभाकक्षमा शिक्षक, कर्मचारी, सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, सल्लाहकार समिति, विद्यालयका प्रधानाध्यापकहरू र सङ्घ/संस्थाका प्रतिनिधिहरूका लागि जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला आयोजना गरी सम्पन्न गरेको छ । कार्यक्रममा सहजकर्ताका रुपमा जीवनशैली, वैज्ञानिक अध्यात्म, योग प्रशिक्षक, लेखक, अनुसन्धानकर्ता र वातावरण संरक्षक तथा अन्तर्राष्ट्रिय स्तरमा योग आयुर्वेदविज्ञका प्रशिक्षक डा. राजु अधिकारीले जीवनदृष्टि एवम् जीवनशैलीका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । सहजकर्ता डा. अधिकारीले जीवन स्वस्थ्य बनाउन अपनाउनु पर्ने उपायहरू र सकारात्मक सोचको विकास गर्ने तरिकाहरू प्रस्तुत गर्दै बिचबिचमा योग अभ्यास समेत गराउनु भएको थियो । जीवन सुखि र समृद्ध बनाउने विषयमा कार्यक्रमको अन्तमा प्रश्नोत्तर र छलफलसमेत गरिएको थियो ।

क्याम्पसमा प्रतियोगितात्मक कविता गोष्ठि सम्पन्न

क्याम्पसको क्रियाकलाप समितिको आयोजनामा मिति २०८१ साल साउन ३२ गते शुक्रबारका दिन विद्यार्थीहरू बिच खुला प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत १९ जना प्रतियोगीहरूले कविचा वाचन गरेका थिए । अतिरिक्त क्रियाकलाप समितिका संयोजक सहप्राध्यापक विदुर सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सबै प्रतियोगीहरूको मूल्याङ्कन उपप्राध्यापक दीपक गौतम र शिक्षणसहायक बालकृष्ण गौतमले गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख अर्जुनराज अधिकारी विद्यार्थीहरूका रचनात्मक तथा सिर्जनात्मक कार्यलाई क्याम्पसले उचित सम्मान र अवसर दिने कुरामा जोड दिँदै विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगीतामा बिएड प्रथम वर्षका प्रकाश कार्की, बिबिएस तेस्रो वर्षका प्रकाश न्यौपाने, बिबिएस तेस्रो वर्षका सत्तिस कार्की र बिबिए सातौँ सिमेस्टरका देवराज पौडेलले क्रमशः प्रथम, द्वितीय, तृतिय र सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । संयोजक सुवेदीले कार्यक्रमको औचित्य बताउँदै स्वागत गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन अतिरिक्त समितिका सदस्य उपप्राध्यापक खगेन्द्रराज दाहालले गरेका थिए ।