सुकुना बहुमुखी क्याम्पस को १९औँ क्याम्पस परिषद् बैठक अन्तर्गत खुला सत्र सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्राप्त उक्त क्याम्पसको परिषद् बैठकले नयाँ नेतृत्वसमेत चयन गरेको छ।बैठकबाट क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्र बहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभएको हो। त्यसैगरी सदस्यहरूमा उमेश वस्ती, टिका कट्टेल, रमेश खड्का, नवराज चापागाई, पुण्यप्रसाद आचार्य, तिलकप्रसाद ढकाल, लक्ष्मीप्रसाद फुयाल, योजना शर्मा, योगराज काफ्ले, नेत्रप्रसाद ढकाल, तुलसीप्रसाद ढकाल, महेश कुमार आचार्य लगायत चयन भएका छन्।कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य रहेको थियो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको वर्तमान शैक्षिक अवस्था, आगामी योजना तथा भावी कार्यक्रमबारे प्रस्तुति गर्नुभएको थियो।परिषद् बैठकका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रममा क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा आगामी दिनमा विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
सुकुना बहुमुखी क्याम्पस को १९औँ क्याम्पस परिषद् बैठक सम्पन्न
Admin
3 जेठ 2083